नेपालको हस्तकला विकासमा सहकार्य गर्न थाइल्याण्डलाई महासङ्घको आग्रह

डिसी नेपाल
२ असार २०७९ २३:२२
8
Shares

काठमाडौं । नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकासमा सहकार्य गर्न थाइल्याण्डलाई आग्रह गरेको छ । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग आज भएको भेटमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले थाइल्याण्डमा नेपालको हस्तकला विकासमा सहकार्य गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष शाक्यले थाइल्याण्डमा बर्सेनि आयोजना हुने ‘जेम एण्ड ज्वेलरी एक्स्पो’ जस्ता हस्तकला व्यापार मेलामा नेपाली हस्तकला व्यवसायीलाई सहभागी गराउन अनुरोध गरेका छन् । “यस्ता मेलाले थाइल्याण्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन र अवलोकन गर्न मद्दत पुग्ने विश्वास महासङ्घले लिएको छ”, उनले भने ।

उनले बैंककमा उत्पादित हस्तकलाको बारेमा नेपाली हस्तकला व्यवसायीले राम्रो जानकारी पाउने भएकाले एकआपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । महासङ्घका वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले थाइल्याण्ड सरकारबाट नेपाली सम्पदाको निर्माणमा सहयोग पुग्ने अपेक्षा राखे ।

भेटमा नेपालका लागि थाइल्याण्डका राजदूत भोरासाफले थाइल्याण्डमा नेपाली हस्तकलाको राम्रो बजार भएकाले नेपालको हस्तकला विकासमा थाइल्याण्ड सरकारले सधँै सहकार्य गर्न तयार रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.