सिंहलाई आईजीपी बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

डिसी नेपाल
५ असार २०७९ १०:३१
60
Shares

काठमाडौं। धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।

आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उनले रिट दायर गरेका थिए।

जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि त्यस दिन बहस नसकिएपछि असार ५ गतेका लागि राखिएको थियो।

सरकारले गत बैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट पोखरेलले सरकारको निर्णयविरुद्ध रिट हालेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.