राष्ट्र बैंकले २५ अर्ब ५३ करोडबराबरको ट्रेजरी बिल निष्काशन गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने

डिसी नेपाल
६ असार २०७९ ९:२५
96
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब ५३ करोडबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन,१८२ दिन र १ वर्षको गरी ४ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले २८ दिनको लागि ५ अर्व, ९१ दिनको लागि ५ अर्ब ५३ करोड, १८२ दिनको लागि १० अर्व  र १ वर्षको लागि ५ अर्वको ट्रजरी बिल जारी जारी गर्न लागेको हो। २८ दिनको आगामी साउन ३ गते,  ९१ दिनको बिल आगामी असोज ४ गते र १८० दिने पौष ५ गते परिपक्व हुनेछ । भने १ बर्षे ट्रजरी बिल २०८० असार ५ गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार (आज)दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.