सोमबार दुई सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
६ असार २०७९ १०:५७
84
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम गरेको छ।

आइतबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा  कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.