सेयर बजारमा हरियाली, ३७.४९ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ३७.४९ अंकले बढेर १ हजार ९२२.३० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २५ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा नेपाल दूरसंचार कम्पनीको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको १३ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय ९५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नबिल बैंक र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, नबिल ब्यालेन्स फण्ड -२ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment