तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

डिसी नेपाल
८ असार २०७९ ९:१७
360
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेसनल हाइड्रोपावर कम्पनी रहेको छ।

प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ०९२.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

एनएलजी इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने १२ लाख ६ हजार ०१३.०५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

त्यस्तै, नेसनल हाइड्रोपावर कम्पनीको १८.५२५ प्रतिशतले हुन आउने २५ लाख ६६ हजार ०५७.४३५५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.