पिपुल्स पावरको ६ लाख ३२ हजार ६०० कित्ता आइपिओ बिक्री खुला
काठमाडौं। पिपुल्स पावरको ६ लाख ३२ हजार ६०० कित्ता आइपिओ आज (बुधबार,असार ८ गते) देखी बिक्री खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रति कित्ता १०० अंकित ६ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्ये इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नं. १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँट गरिनेछ।
यस आइपिओमा बिक्री प्रबन्धक प्रभु क्यापिटलले गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा आवेदकले २२ असारसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ५ साउनसम्म आवेदन दिने समय थप गरिने छ ।
आईपीओमा लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर, इलाम शाखा, ग्लोबल आईएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौल साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।







डिसी नेपाल








Facebook Comment