दोर्दी खोलाको आईपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता

डिसी नेपाल
८ असार २०७९ १०:५३
616
Shares

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आज (८ असार, बुधबार) बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्।

जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ।

दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो। जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। साथै, दोर्दी खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट जततउकस्ररष्उयचभकगति https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.