सेञ्चुरी बैंकको १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
८ असार २०७९ ११:०३
68
Shares

काठमाडौं। सेञ्चुरी बैंकको १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर आज (असार ८ गते, बुधबार)देखि लिलामीमा ल्याएको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन १६ असार बिहान १० बजे एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.