भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात

डिसी नेपाल
८ असार २०७९ १२:५३
80
Shares

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो।

सो अवधिमा नेपालले भारतबाट १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपैयाँको डिजेल आयात गरेको छ। पछिल्लो ११ महिनामा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ।

विभागका अनुसार सोही समयमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको छ । सो अवधिमा नेपालले ४८ करोड ९७ लाख १६ हजार १४० केजी एलपीजी ग्यास आयात गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालले भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले १ खर्ब २५ अर्ब ८९ करोड ८४ लाख २० हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.