ङादी ग्रुप पावरले गर्यो हकप्रद सेयर जारी गर्न बुकक्लोज मिति तय

डिसी नेपाल
१२ असार २०७९ ९:४७
120
Shares

काठमाडौं। ङादी ग्रुप पावरले हकप्रद सेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ। कम्पनीले १५० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि असार २० गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार असार १९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।  कम्पनीले १ः१.५ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्व ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम  सिद्धार्थ क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.