लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो असार २९ गते साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २९ गते बस्ने भएको छ। कम्पनीले लाभांश पारित गर्नको लागि सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ।
सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते बुधबार बुक क्लोज गर्ने भएको छ । यस अनुसार जेठ १४ गतेसम्म कायम सेयरधनीले उक्त सभामा भाग लिन पाउनेछन्।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट ९.५०प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ।
कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ। त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछकम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि छ।







डिसी नेपाल








Facebook Comment