९० प्रतिशत अंक ल्याउने गरी काम गरेँः प्रेम आले

डिसी नेपाल
१२ असार २०७९ १८:१५
124
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।

आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए ।

‘कसैले तपाईंको कामबाट कति ल्याउँछस ? भनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’उनले आफू पक्रयामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए । उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.