सिद्धार्थ बैंकको ४० लाख कित्ता ऋणपत्र भर्ने म्याद थप, अव कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौं। सिद्धार्थ बैंकले ४० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले उक्त ऋणपत्रमा निर्धारित समयमा आवश्यक मात्रामा आवेदन नपरेको हुनाले समय थपेर २४ असारसम्म पुर्याइएको हो।
उक्त अवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ। बैंकले असार १० गतेदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ।
बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ४० लाख इकाइ ऋणपत्र जारी गरेको हो। यसमध्ये २४ लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। योमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ। सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो।
यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ। यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम एक लाख इकाइसम्म आवेदन दिन सकिनेछ। यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।







डिसी नेपाल








Facebook Comment