११.७३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

डिसी नेपाल
१४ असार २०७९ १५:१४
72
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से ११.७३ अंकले घटेर एक हजार ९ सय २१.४० विन्दुमा झरेको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको २९ लाख ७४ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३ करोड ९३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

आजको कारोबारमा  सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्था र  उन्नती सहकारी लघुवित्तका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, लक्ष्मी इक्युटि फण्ड र जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ७ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.