अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड, नेपाली मुद्रा झनै कमजोर

डिसी नेपाल
१५ असार २०७९ ८:५६
956
Shares

काठमाडौं। अमेरिकी डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिन  प्रति दिन थप कमजोर हुँदै गएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा कायम भएको छ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा कायम गरेको थियो।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

यसकासाथै नेपालले आफूलाई आवश्यक वस्तु विदेशबाट आयात मात्र गर्ने तर त्यही अनुरुप निर्यात गर्न नसकेको हुनाले पनि मुद्राको विनिमय दरलाई केही असर गरेको पूर्व गभर्नर तिलक रावलले बताए। यदि देशको अर्थतन्त्र कमजोर छ भने त्यस देशको मुद्रा पनि कमजाेर हुन्छ। उनले भने,’यदि तपाईं सबै वस्तु खरिद गरेर उपभोग गर्नु हुन्छ तर केही उत्पादन गर्न सक्नु हुन्न भने देशको मुद्रा कममाेर हुँदै जान्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.