बुधबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१५ असार २०७९ १०:४५
304
Shares

काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला ९७ हजार ८  सय रुपैयाँ कायम गरेको छ।

मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ।  चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.