हिमालयन हाइड्रोपावरको १९ लाख ६८ हजार २५० कित्ता आइपिओ बिक्रीमा

डिसी नेपाल
१५ असार २०७९ १०:५८
44
Shares

काठमाडौं। हिमालयन हाइड्रोपावरको १९ लाख ६८ हजार २५० कित्ता आइपिओ आज (बुधबार, १५ असार) देखि बिक्री खुल्ला भएको छ कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओबिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुले र बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यसमा लगानीकर्ताले १९ असारसम्म आवेदन दिन सकिने र सो अवधिमा सबै सेयर बिक्री नभएमा असार २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.