बैंकसहित दुई कम्पनीको १७ लाख ७ हजार १६२.६४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१५ असार २०७९ ११:१८
104
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको १७ लाख ७ हजार १६२.६४ कित्ता बोनस सेयर सूचिकृत भएको छ।  सेयर सूचिकृत हुनेमा एभरेष्ट बैंक र सुमित लघुवित्त वित्तीय संस्था रहेको छ।

एभरेष्ट बैंकको ७ लाख १० हजार १६२.६४ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

यस्तै, सुमित लघुवित्त २५.२८५४ प्रतिशतले हुन आउने ९ लाख ९७ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।  लघुवित्तले आर्थिक वर्ष २३०७७/७८को मुनाफाबाट २५.२८५४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.