नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं। नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ। जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।
आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ। कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment