बरुण हाइड्रोले पायो हकप्रद सेयर निष्काशनको अनुमति
काठमाडौँ। बरुण हाइड्रोले हकप्रद जारी गर्ने अनुमति प्राप्त गरेको छ।नेपाल धितोपत्र बोर्डले आज असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
कम्पनीले १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो।
संस्थाको यस हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment