आईपीओ निष्कासनकाे दोस्रो दिनमै प्रक्रिया रोक्न माग

डिसी नेपाल
१५ असार २०७९ १४:५८
440
Shares

काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएकाे छ। गोसाईकुण्ड गाउँपालिका-१ कार्यालयले आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो।

वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत आईपीओ निष्कासनको प्रक्रिया रोक्न माग गरेका हुन्। भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेको उनले बताए। जारी मिति सारेर शेयर भर्नका लागि कम्पनी वा क्यापिटलले बैंकबाट ऋणको व्यवस्था मिलाउनुपर्ने समेत उनले बताए।

तर, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले निष्कासन सुरु भइसकेकाले प्रक्रिया रोक्न नसक्ने बताएका छन्। सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो। रसुवावासीका लागि रसुवागढीले एक सय रुपैयाँ अङ्कित ६८ लाख ४२ हजार Ps सय कित्ता शेयर निष्कासन गरेको छ। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ।

कम्पनीले गोसाईंकुण्ड गाउँपालिका-१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे र गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ।

कम्पनीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२, टिमुरेमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको ८३ प्रतिशत काम सकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.