४१.३९ अंकले बढ्यो सेयर बजार, २ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि
काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक ४१.३९ अंकले बढेर १ हजार ९६२.७१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४३ करोड १४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा न्यादी ग्रुप पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ४० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल रि-इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, मैलुङ्ग खोला जलाबिधयुत र नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्रका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment