उत्पादनमा लगाव कम हुँदै गएकोमा राष्ट्रपति चिन्तित

डिसी नेपाल
१५ असार २०७९ २१:२२
320
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको पहिचान र उत्पादनमा हाम्रो लगाव कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले बुधवार शितल निवासमा आयोजित एक कार्यक्रममा उनले पछिल्ला वर्षहरूमा नेपालको कृषि क्षेत्र नाश हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

आफू पनि किसान परिवारबाट आएको व्यक्ति बताउँदै राष्ट्रपति भण्डारीले नेपालको कृषि क्षेत्रको व्यापक सुधार आजको खाँचो भएको बताइन् । उनले भनिन्,‘म पनि किसान परिवारबाटै आएको हुँ, मलाई कृषि पेशाका धेरै समस्याहरू थाहा छन्,हाम्रो कृषि क्षेत्रका समस्याहरू सुधार नगरेसम्म हाम्रो उत्पादन प्रणाली राम्रो हुँदैन ।’

उनले किसानले पाउनु पर्ने अनुदान झोलामै र खोला पनि झोलामै हुनु आजको समस्या भएको बताइन् । उनले भनिन्, ुकिसानलाई दिनु पर्ने अनुदान पनि झोलामा,खोला पनि झोलामा भएका कारण कृषकहरूलाई समस्या भयो, यसको सुधार गर्न आवश्यक छ ।ु

उनले नेपालको खाद्य उत्पादन घट्दै जाँदा खाद्यान्नमा पराश्रित हुँदै गइरहेको बताइन् । राष्ट्रपति भण्डारीले अझै पनि मुलुक कृषि प्रधान नै भएको बताउँदै कृषि पेशालाई हेलाको दृष्टिबाट हेर्ने सोच परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले कृषि क्षेत्रमा बजेट अपुग भएको बताए । उनले परम्परागत कृषि पेशाबाट हटेर कृषिलाई व्यवसायीकरण गर्नु पर्ने बताए ।

मदन भण्डारी फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारी, सह–सचिव रामकृष्ण श्रेष्ठ, सांसद विमला राई पौड्याल लगायतको विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.