बिहिबार तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१६ असार २०७९ ११:२०
204
Shares

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ।

बुधबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.