तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ?

डिसी नेपाल
१६ असार २०७९ १२:४३
196
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आधिखोला लघुवित्त वित्तीय संस्था को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

राष्ट्र उत्थान लघुवित्तको सेयर भाउ १० प्रतिशत र सिवाईसी नेपाल लघुवित्त र आधिखोला लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ८५ रुपैयाँ ३० पैसाले बढेर २ हजार ९ सय ३८ रुपैयाँ ३० पैसा पुगेको छ। यस्तै, सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९५ रुपैयाँ ८० पैसाले बढेर १ हजार ५४ रुपैयाँ ६० पैसा र आधिखोला लघुवित्तको सेयर मूल्य प्रति तोला १ सय १ रुपैयाँले बढेर १ हजार १ सय ११ रुपैयाँ ९० पैसा पुगेको छ । मार्केट डेपमा यी तीन कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.