राष्ट्र बैंकले ट्रेजरी बिल निष्काशन गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने

डिसी नेपाल
२० असार २०७९ ९:०६
24
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब १ करोड ६५ लाख ५० हजार रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र ३६४ दिनको गरी २ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले  ९१ दिनको लागि ९ अर्ब १० करोड ट्रेजरी बिल जारी गर्ने भएको छ।  यो बिल आगामी असोज १८ गते परिपक हुनेछ। यस्तै, ३६४ दिनको लागि ८ अर्व ९१ करोड ६५ लाख ५० हजारको ट्रजरी बिल जारी गर्न लागेको हो। यो बिल २०८० असार १९ गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार (आज)दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.