अप्पर सोलु हाइड्रोको १९ लाख साढे ५७ हजार कित्ता आईपीओ निष्काशन
काठमाडौं। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १९ लाख ५७ हजार ५०० कित्ता आइपिओ आज (असार २० गते)देखि बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १०० अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ खुल्ला भएको हो।
कम्पनीले जारी गरेको आइपिओमध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुटाईएको छ भने बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्बसाधारणले आबेदन दिन सक्नेछन् ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।







डिसी नेपाल








Facebook Comment