२ वटा कम्पनीको १३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामी खुला

डिसी नेपाल
२० असार २०७९ १०:००
144
Shares

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकले असार २० गते देखि १३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका छन्। जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका हुन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ तोकेको छ भने एनआईसी एसिया बैंकले ४२५ रुपैयाँ तोकेको छ। लगानीकर्ताले यही मूल्यलाई आधार मानेर लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेस गरेको आवेदन रद्द हुनेछ।

यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर विरगंज, हेटौडा, नारायणढ, न्युरोड पोखरा, बुटवल– मिलनचोक, बाग्लुङ्ग, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.