एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा

डिसी नेपाल
२० असार २०७९ १०:१४
52
Shares

काठमाडौँ। एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा सञ्चालन गरेको छ। बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

ललितपुर वडा नं. १६ का अध्यक्ष  र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन्। उक्त उद्घाटन समारोहमा स्थानीय व्याबसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजय कुमार गौतम, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिती रहेको थियो।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेकाछन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा सञ्जाल, प्रादेशिक कार्यालय , १५० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल तथा इन्टरनेटबाट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.