ग्वाटेमालादेखि आउँछ नेपालमा सुकमेल, एघार महिनामा करिव ६५ करोडको भित्रियो

डिसी नेपाल
२० असार २०७९ ११:४०
160
Shares

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको सुकमेल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुकमेल नेपाल भित्रिएको हो।

सो समयमा नेपालले ४ लाख १५ हजार ७४८ केजी सुकमेल आयात गरेको विभागले जनाएको छ। नेपालले चालु आर्थिक वर्ष दुई वटा देशबाट मात्र सुकमेल आयात गरेको छ। छिमेकी राष्ट्र भारत र मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाबाट सुकमेल नेपालले आयात गरेको छ।

बितेको एघार महिनामा ग्वाटेमालाबाट ३९ करोड १० लाख २८ हजार रुपैयाँको २ लाख ५० हजार केजी सुकमेल नेपालमा भित्रिएको छ।

यस्तै, भारतबाट सोही समयमा २५ करोड ७७ लाख ६४ हजार रुपैयाँको १ लाख ६५ हजार ७४८ केजी सुकमेल नेपालले आयात गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले ग्वाटेमाला, भारत र युनाइटेड अरब इमिरेट्सबाट ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँको सुकमेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.