सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि आजबाट गण्डकी संसद सुरु हुँदै

डिसी नेपाल
२० असार २०७९ १२:१९
36
Shares

पोखरा। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध गण्डकी प्रदेशसभा साेमबारदेखि सुरु हुँदैछ। अर्थमन्त्री र मुख्यमन्त्रीबीचको छलफलमा उक्त कार्यक्रम पुनः बजेटमा राख्न अर्थमन्त्री रामजी बराल सहमत भएपछि साेमबार दिउँसो १ बजेका लागि संसद् बैठक डाकिएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनको संयुक्त बैठकले दिएको निर्देशन समेत अटेर गरी बरालले उक्त कार्यक्रम नियतबस छुटाएका थिए। त्यसपछि सरकारले नै संसद स्थगीत गरेको हो।

लामो समयको छलफलपछि अर्थमन्त्रीले छुटाएको कार्यक्रम अर्थ विविध शीर्षकबाट राख्न राजी भएका हुन्। बरालले अर्थ विविध शीर्षकमा ३ अर्ब २९ करोड रुपैयाँ राखेका छन् । हरेक वर्ष उक्त कार्यक्रममा ७२ करोड विनियोजन हुने गरेको थियो। अहिले भने कार्यक्रम परेन।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाममा नभएपनि नाम फेरेर कार्यक्रम राख्न सहमत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बरालले उक्त कार्यक्रम केन्द्रिकृत मानसिकताको उपज भएको भन्दै नियतबस हटाएको बताएका थिए। चौतर्फी दवाव थेग्न नसकेपछि उनले कार्यक्रम राख्न सहमति जनाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.