दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा सिन्धु विकास बैंक र न्यादी ग्रुप पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
सिन्धु विकास बैंक र न्यादी ग्रुप पावरको सेयर भाउ ९.९८ प्रतिशतले वृद्धि भएको छ। सिन्धु विकास बैंकको सेयर मूल्य २६ रुपैयाँ ९० पैसाले बढेर २ सय ९६ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै, न्यादी ग्रुप पावरको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ३० पैसाले बढेर २ सय ८९ रुपैयाँ ८० पैसा पुगेको छ । मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment