छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन, राष्ट्रपति भण्डारीद्वारा तीन जना मन्त्री नियुक्त

डिसी नेपाल
२० असार २०७९ १२:५८
260
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन्। प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन्। जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो।

जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.