आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

डिसी नेपाल
२१ असार २०७९ ८:०९
28
Shares

काठमाडौं। नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टी जाहेर गर्ने भएका छन्। मंगलवारदेखि काठमाडौंमा सुरु हुने बैठकमा पार्टीका सबै बिभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन्।

गत बिहीवार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टचारमा लिप्त भएको देखि सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक बिद्रोह’ गर्ने जनाएका थिए। महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांस नेताको उपस्थिति रहेको थियो।

मंगलवार देखि सुरु हुने बैठकमा सरकार सञ्चालन देखि अन्य बिषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक बिद्रोह’ गर्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.