प्रचण्डले आजलाई स्थगित गरेर केन्द्रीय बैठक

डिसी नेपाल
२१ असार २०७९ १०:०७
24
Shares

काठमाडौं। नेकपा एकीकृत माओवादीको जारी केन्द्रीय समितिको बैठक आज अचानक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले आजका लागि बैठक स्थगित भएको जानकारी सबै केन्द्रीय सदस्यहरुलाई गराउन निर्देशन दिएका छन्।

केन्द्रीय समितिको बैठक चल्दा चल्दै पार्टीको आन्तरिक जीवनमा समस्या आएको भन्दै आज विहान स्थायी समितिको अनौपचारिक बैठक राखिएको थियो।

केन्द्रीय कमिटीमा नयाँ सदस्यहरुलाई शपथ ग्रहण गराएको विषयमा पनि पार्टीभित्र समस्या उत्पन्न भएको, छोरी ज्वाईसमेतलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोजस्ता विषयहरुले चर्को आलोचना भएपछि प्रचण्डले कुलिङ टाइम दिनका लागि बैठक स्थगित गरेको बताइएको छ।

यसै गरी आजैदेखि शुरु हुने माओवादीका पूर्व नेता बाबुराम भट्टराईको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको समानान्तर बैठक बोलाएको परिस्थितिलाई पनि एक दिन थप अध्ययन गर्ने गरी आजलाई बैठक स्थगित गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.