मध्यराति बाबुराम किन पुगे प्रचण्डलाई भेट्न?
काठमाडौं। जनता समाजवादीका नेता डा.बाबुराम भट्टराई मध्यरातमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन्। अघिल्लो दिन पनि प्रचण्ड र भट्टराईले छुट्टै भेटवार्ता गरेका थिए।
सुरक्षा स्रोतका अनुसार,एक दिनअघिमात्र भेटवार्ता गरेका डा.भट्टराई र प्रचण्डका बीचमा गतमध्यराति १२ बजे पनि भेट भएको हो। भेटमा दुई नेताका बीचमा के के कुरा भए भन्नेबारे सुरक्षा स्रोत अनविज्ञ भएपनि मध्यराति नै भेट्नुको अर्थ कुनै जरुरी कुरा हुनुपर्ने र नेपालको राजनीतिमा परिवर्तनका घटनाहरु बढ्न थालेका संकेतका रुपमा लिइएको छ।
जनता समाजवादी पार्टीको राष्टिय अध्यक्ष भएपनि बाबुराम भट्टराई सो पार्टीमा अल्पमतमा पर्दै गएको र उनलाई बेवास्ता गर्दै अर्का अध्यक्ष उपेन्द्र यादवले आफू खुसी निर्णय गर्दै गएपछि भट्टराईले सो पार्टीभित्र अपमानित महसुस गर्दै आएका छन्।
उनले आफू पक्षको केन्द्रीय भेला बोलाएका छन्। सो भेलाले गर्ने निर्णय के हुन्छ भन्ने यकिन भएको छैन। सो भेलाले एकीकृत माओवादीसँग पार्टी एकता गर्ने गरी निर्णय गर्ने सम्भावनालाई पनि नकार्न सकिँदैन।
भट्टराई निकट नेता नवराज सुवेदीले प्रचण्ड र बाबुरामबीच भेट भएकाे पुष्टि गर्दै नेताहरूबीच भेटघाट हुने सामान्य भएकाे बताए।
एकीकृत माओवादीलाई नै बैकल्पिक शक्तिका रुपमा अघि बढाउन सकिन्छ भन्ने व्याख्या गर्दै भट्टराई फेरि माओवादीमै फर्किने तयारीमा त छैनन्? उनले आफूले कम्युनिष्ट छाडिसकेको बताउँदै आएका भए पनि फेरि त्यतै फर्किन खोज्दा माओवादीभित्रको समीकरणमा पार्ने प्रभाव कस्तो होला?







डिसी नेपाल








Facebook Comment