मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको पद तथा सेवा सुविधा नघट्ने

डिसी नेपाल
२१ असार २०७९ ११:३८
84
Shares

काठमाडौं। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ। समितिले असार २० गते सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा उनीहरूको साविकमा रहेको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको छ।

यस्तै, गाभ्ने र गाभिएर बन्ने बीमा कम्पनीका कर्मचारीहरुलाई कुनै मर्का नपर्ने गरी र खाईपाई आएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ। मर्जपछि बन्ने कम्पनीका कर्मचारी काम गर्न इच्छुक नभए उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ।

यसैगरी असार ६ गते जारी भएको निर्देशनबाट समितिले गाभ्ने र गाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुने नपाउने भन्ने व्यवस्था हटाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.