६ जना एसएसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ ।
यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाललाई सरुवा गरियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment