पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

डिसी नेपाल
२३ असार २०७९ १३:१३
116
Shares

काठमाडौं। पर्वतको कुश्मा नगरपालिका–१ माल्ढुङगास्थित बेनी मालढुङगा सडक खण्डमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडामा बिहीबार बिहान अबिरल वर्षाको कारण सडक माथिबाट ढुङ्गा माटो बगि सडकमा आउँदा दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडीमा बिहीबार बिहान अविरल वर्षाको कारण पहिरो आउँदा गोकुलेश्वर–दार्चुला सडकखण्ड अवरुद्ध भएको छ। नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सबै ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.