अपर हेवाखोला हाइड्रोपावरको १५ लाख कित्ता आइपिओ बिक्री खुला

डिसी नेपाल
२४ असार २०७९ ९:२४
52
Shares

काठमाडौं। अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ। सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।

यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आइपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.