प्रतिनिधिसभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा

डिसी नेपाल
२७ असार २०७९ १२:२८
52
Shares

काठमाडौं। सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन्।

ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मितिबारे निर्णय गर्ने जानकारी दिएका हुन्।

आउने निर्वाचनका लागि तयारीमा छुट्न निर्देशन दिँदै महामन्त्री थापाले मतदातालाई मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यमा पनि सहजीकरण गर्न बताए।

निर्वाचन आयोगले २ मंसिरमा एकैचरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.