भक्तपुरमा भेटियो जाली नोट, एक जना पक्राउ
भक्तपुर। भक्तपुरको सूर्यविनायकमा जाली नोटसहित एक व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापति रहेका छन्। प्रहरीले उनलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार पक्राउ गरेको हो।
सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment