चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले प्रचण्डलाई भेटे
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा (माओवादी केन्द्र्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् ।
‘नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज दिउँसो निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ,’ प्रचण्ड सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएकोे बुझिएको छ ।
आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले बिहीबार बेलुकी पराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले आज भेटवार्ता गर्नेछन् ।
केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।










डिसी नेपाल








Facebook Comment