प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजारवटा हस्ताक्षर गरे, औँलामा ठेला नै उठ्योः ओली

डिसी नेपाल
२७ असार २०७९ १७:४०
252
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजारवटा हस्ताक्षर गर्नुपरेको बताएका छन् ।

सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार, अनियमितताका विषयमा एमाले न्यायिक बाटोमा जान्छ कि जाँदैन भन्ने प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले एमाले मुद्दा मामिलाप्रति फ्रस्टेट भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा सानातिना विषयमा प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दायरा हुँदा जवाफ दिँदा निकै हैरानी खेपेको उनले गुनासो गरे । सो क्रममा करिब ५६ हजारपटक हस्ताक्षर गरेको र हस्ताक्षर गर्ने क्रममा औँलामा ठेला नै उठेको ओलीको भनाइ छ ।

‘एउटा मुद्दा कम्तीमा छोटो लेख्दा पनि १० पेजको प्रतिवाद पत्र हुन्थ्यो । एउटा मुद्दा १० पेजको तीनप्रति प्रतिवाद पत्र लेख्नुपर्छ । । तीनप्रतिमै प्रधानमन्त्रीले सही गर्नुपर्छ, ३० पेज त भयो । ३० पेजको शिर र पिँधमा सही गर्नुपर्छ । छोटो भयो भने ६० वटामा सही गर्नुपर्छ,’ आफू प्रधानमन्त्री हुँदा सरकारलाई विपक्षी बनाएर दायर भएको रिटको जवाफ दिँदाको अवस्थाबारे जानकारी दिँदै ओलीले भने, ‘मैलै मोटामोटी हिसाब गर्दा ५५\५६ हजार सिग्नेचर मैले प्रधानमन्त्री हुँदा मुद्दाको मामलामा गर्नुपर्‍यो, यहाँनिर (हातको औँला देखाउँदै)ठेला उठ्यो । कम्युटरले सिग्नेचर गर्दै, हातलै गर्नुपर्‍यो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.