एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच भेटवार्ता

डिसी नेपाल
२८ असार २०७९ १०:५८
52
Shares

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन्। उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ।

यसअघि विदेश विभाग प्रमुख लिउले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.