वीरगन्जमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो : महेन्द्र राय यादव
काठमाडौं। जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट वीरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महशुस भएकाले जान नसकेको बताएका छन्।
आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारिक बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए।
बैठकमा उनले भने, ‘वीरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो? काठमाडौंमा के असुविधा थियो र वीरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्याे ? उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गरे।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment