छुट्टै भेला गर्नुको कारण खुलाउँदै भट्टराईले पेश गरे १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं।काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ। मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन्।
जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा। भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन्। बैठकमा भट्टराईले ‘पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार’ शीर्षकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
‘कम्युनिस्ट पार्टीबारे उनको प्रतिवेदनमा छ,’सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन। यी समूहहरु बीचको भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन। केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै हो। भन्ने एउटागर्ने अर्को जस्तो पाखण्डी चरित्र प्रदर्शनमा यिनीहरु उस्तै छन्। अर्थात् व्यवहारवादी र जडसुत्रीय अवसरवाद यी सबै समूहको साझा चरित्र हो,’ भट्टराईले पेश गरेकाे राजनीतिक प्रतिवेदनमा भनिएकाे छ।
उनले भनेका छन्,’दस्तावेजमा यसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ। तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन। यस पार्टीले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्रमात्र हो।’
‘पार्टी एकताका ३ वर्ष किन फलदायी भएनन्? पार्टीभित्र के कस्तो समस्या आयो र त्यो गतिरोधमा पुग्यो? किन एकतापछिको एक आम चुनावसम्म, एक महाधिवेशनसम्म पनि एकता कायम हुन सकेन?’, उनले सोधेका छन्, ‘यसमा कसको, कुन पक्षको के कस्तो भूमिका रह्यो? आज हामी फेरि पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा किन पुग्यौँ? यसको गम्भीर समीक्षा हुनु पर्ने देखिन्छ।’







डिसी नेपाल








Facebook Comment