एमाले भक्तपुर नगर कमिटीका नेता खरेलसहित नेता-कार्यकर्ता माओवादी प्रवेश
काठमाडौं । नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता-कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
एमाले परित्याग गरेका खरेलसहित नेता-कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरे । उक्त कार्यक्रममा खरेल सहित दर्जन बढी कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरुको सहभागिता थियो ।
सो अवसरमा अध्यक्ष दाहालले सङ्घीयता धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि सङ्घर्ष गरेको पार्टीमा सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुन आह्वान गरे ।







डिसी नेपाल








Facebook Comment