चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र माधव नेपालबीच भेटवार्ता

डिसी नेपाल
२८ असार २०७९ १८:५४
80
Shares

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन् । काठमाडौंस्थित् होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए ।

यसअघि जियान्चाओले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.